वैशाख ८ गते २०८३

महिला अधिकारका लागि राष्ट्रिय अभियानको भित्तेपात्रो लोकार्पण

पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा, पोखरा–१५ ले प्रकाशन गरेको नयाँवर्ष २०८३ को भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोखरा १५ कोलपाटन स्थित कोलपाटन आमा समुहको भवनमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले कार्यक्रमको उद्घाटन गर्दै महिलालाई हरेक क्षेत्रमा अधिकार दिनु पर्छ भन्ने कुरामा नेपाली समाज पहिले भन्दा उदार भएको वताउँदै आफुले पनि सधैं महिला अधिकार सम्बन्धि जनचेतनामूलक कार्यहरुमा सहकार्य गर्दै आएको र आगामि दिनहरुमा पनि सहयोग गर्न तत्पर भएको बताए ।
महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ जहाँ अगाडी महिला, त्यहाँ बिकास पहिला भन्दै लागु औंषध न्यूनीकरणका महिलाको पहिलो हात हुने वताईन । उनले प्रत्येक घरमा महिलाले आफ्ना बालबच्चालाई सानै देखि लागु औषधबाट टाढा बनाउन सके समाजमा लागु पदार्थ दुव्र्यसनिको न्युनिकरणमा टेवा पुग्ने वताईन ।
पोखरा १५ का वडा सदस्य बलराम पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कृष्ण रानाभाट, संस्थाका कानुनी सल्लाहकार अधिबक्ता गिता आचार्य, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक शाखाका उपाध्यक्ष उत्तम जोशी, पोखरा १५ की निर्वतमान जनप्रतिनिधि पार्वती कार्की, नेपाली कांग्रेस पोखरा १५ का सभापति शुशिल पराजुली लगायतले वोलेका थिए ।
संस्थाका अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्मा र संचालन सचिव रमिता ढुंगानाले गरेका थिए ।