११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्योएको थियो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
राज्यले भूकम्प गएको महिनौँ दिनसम्म पनि पीडितका लागि राहत सामग्री पुर्याएउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रक्रिया सरकारले अगाडि बढाउन सकेन ।
नेपाल भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्छ भने काठमाडौँ उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।
सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । यस्तो विनाशकारी भुकम्प कहिले पनि नआओस भनि प्रार्थना गरौं र राज्यले पनि जोखिमको पूर्व तयारी गरोस् ।
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै...
Read More
गत आईतवार बेलुकी ४ः३० बजे लमजुङ हिमालको काँखबाट मनाङ चामेस्थित घट्टेखोलामा लेदोसहित आएको बढिले पुरिएका चामेगाउँपालिका ४ नयाँ बजार र आसपासका बस्ति । तस्बिरः नवीन लामिछाने ,मनाङ
Read More
पोखरा, ७ फागुन नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र...
Read More
पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।पोखरा वडा–२२ सहित समग्र पोखरालाई खेलपर्यटन माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि.को आयोजनामा असोज १२ गते उक्त...
Read More