११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्योएको थियो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
राज्यले भूकम्प गएको महिनौँ दिनसम्म पनि पीडितका लागि राहत सामग्री पुर्याएउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रक्रिया सरकारले अगाडि बढाउन सकेन ।
नेपाल भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्छ भने काठमाडौँ उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।
सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । यस्तो विनाशकारी भुकम्प कहिले पनि नआओस भनि प्रार्थना गरौं र राज्यले पनि जोखिमको पूर्व तयारी गरोस् ।
पोखरा २७ भदौ। पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले...
Read More
कार्तिक, १३ पोखरा। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु...
Read More
काठमाडौँ, जेठ नेपाल वातावरण पत्रकार समूह ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ ।...
Read More
११, बैशाख काठमाडौँ ।कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख...
Read More