वैशाख ५ गते २०८३

ट्रेड युनियन दलीय नभइ श्रम अधिकारको रक्षक, नेपाली लेखक संघ कास्कीका अध्यक्ष अथकलाई सम्मान

पोखरा ५, बैशाख
समय दृष्टि
ट्रेड युनियन दलीय नभइ श्रम अधिकारको रक्षक भएको एक कार्यक्रमका वक्ताले वताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको शनिवार पोखरामा आयोजित दोश्रो जिल्ला परिषद भेलामा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।

अहिलेको सरकारले ट्रेड युनियन खारेज गर्ने हल्ला चलेको भन्दै उनीहरुले त्यो गरिए गलत हुने धारणा व्यक्त गरे ।
श्रमअधिकार रक्षा र उद्योग प्रतिष्ठानको उन्वयन र विकासको लागि ट्रेड युनियन आवस्यक रहेको बताए ।


परिषद्‌को उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष राजेश पालिखेले परिवर्तित अवस्थामा समय सापेक्ष अगाडि बढ्न नसके श्रम प्रतिष्ठानले आशातित नतिजा हाँसिल गर्न नसक्ने बताए ।
ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्माले नेपालमा अहिले पनि पूर्ण रूपमा श्रम अधिकार कार्यान्वयन हुन नसकेको बताए ।
अध्यक्षको आशनबाट बोल्दै कमलवहादुर सापकोटाले ट्रेड युनियनलाई दलीय आँखाले हेर्न नहुने बताए ।
कार्यक्रममा सचिव र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत पारित भए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष मनिराम कँडेल, कोषाध्यक्ष दिवाकर वास्तोला र का.वा सचिव नारायण रिजाल लगायतले बोलेका थिए ।


सो अवसरमा संस्थाले कार्यसमिति सदस्य कमल पौडेल अथक भर्खरै पोखरामा सम्पन्न नेपाली लेखक संघ कास्कीको छैटौ अधिवेशन मार्फत अध्यक्ष पदमा निर्वाचित भएको उपलक्ष्यमा दोसल्ला खादा र अविर लगाएर सम्मान तथा बधाई ज्ञापन गरेको थियो ।


केन्द्रीय उपाध्यक्ष राजेश पालिखे, गण्डकी अध्यक्ष मुरारी शर्मा कास्की अध्यक्ष कमल वहादुर सापकोटा र नेपाल गृह श्रमिक संघका केन्द्रीय उपाध्यक्ष लालीमाया रेग्मी लगायतले नव निर्वाचित अध्यक्ष अथकलाई सम्मान गरेको सचिव नारायण रिजालले जानकारी दिए ।