माघ २५ गते २०७७
भारतबाट भ्यालेन्टाइन डेका लागि झण्डै १ करोडको गुलाफ फूल आयात
काठमाडौं,२५ माघ । भारतबाट भ्यालेन्टाइन डेका लागि करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ । नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब १ लाख ४० हजार ल्याइने र नेपालमा ४० हजार स्टिम मात्रै उत्पादन हुने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
कोरोना जोखिमका कारण यस वर्षको भ्यालेन्टाइन डेमा अघिल्लो वर्षको अनुपातमा कम बिक्री हुने श्रेष्ठले बताए । गुलाफको फूलको मूल्य प्रतिस्टिम ८० देखि १ सय रूपैयाँसम्म छ ।
नेपाल आयात भएको गुलाफको फूलको खपत ६० प्रतिशत उपत्यका, २० प्रतिशत पोखरा र २० प्रतिशत अन्य शहरबजारमा हुने गरेको छ । व्यवसायीले प्रतिगोटा ३० देखि ३५ रूपैयाँमा ल्याउने गरेका छन् । उपभोक्ताले ५० देखि १ सय रूपैयाँसम्ममा खरिद गर्छन् । उक्त गुलाफ प्रणय दिवसको दिन प्रतिगोटा १ सय २० रूपैयाँसम्म बिक्री हुने गरेको छ ।