जेठ १९ गते २०८२
मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)
पोखरा, १८ जेठ
कमल पौडेल अथक
मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली सम्पन्न गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा पहिलो पटक पर्यटनसंग जोडेर वातावरणमैत्री प्रथम साईकल तथा घोडा ¥याली आयोजना गरिएको होे ।

ईन्धनवाला सवारी साधनले वातवरणक्षेत्र निकै ठुलो नकारात्मक असर पर्दै गईरहेकाले अन्य यातायातका साधनको बिकल्पमा साईकल र घोडा चढ्ने संस्कृतिको विकास गर्ने सन्देश प्रवाह गर्नका लागि साईकल तथा घोडा ¥याली कार्यक्रमले योगदान पु¥याउने बताईएको छ ।
देशभरका साईक्लिस्ट टोली मुस्ताङमा एकत्रित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । अध्यक्ष लालचनका अनुसार पहिलो पटक मुस्ताङमा आयोजना भएको साईकल ¥यालीमा २३ वटा जिल्लाका करिव ४०० साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।
घोडा ¥यालीमा सहभागी कर्म गुरुङले जलवायु संकट न्यूनिकरणसंग जोडेर पर्यटन प्रर्वद्धन गर्ने यस खालको कार्यक्रमले मुस्ताङ जिल्लाको आर्थिक समृद्धिमा निकै ठुलो टेवा पुग्ने दावी गरे ।
गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साईकल तथा घोडा ¥यालीको संयुक्त रुपमा रिवन काटेर कार्यक्रमको उद्घघाटन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने प्रतिवद्धता ब्यक्त गरे ।
साईकल तथा घोडा ¥यालीका सहभागी टोलीलाई मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका ५ वटै वडाका गाउँहरु ठिनी, स्याङ, मार्फा, चिमाङ,डुम्वाताल लगायतका क्षेत्रमा परिक्रमा गराईएको साईकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले साइकल मार्फत हिमाली जिल्लाका पर्यटकीय संस्कृतिको पहिचानका साथै पर्यटन प्रर्वद्धनमा उल्लेख्य भूमिका खेलेको वताए ।
तस्विरः दुर्गा प्रसाद पौडेल