भाद्र २३ गते २०७६

सिहंदरबारको पूर्वी पर्खाल भत्कियो

हिजो रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ ।

केही समयका लागि पर्खाल भत्किँदा यातायात प्रभावित भए पनि अहिले सबै सहज रुपमा सुचालु अवस्थामा रहेको डिएसपी बुढाथोकीले जानकारी दिएका छन् ।