असार १५ गते २०८०

कास्कीको हेमजामा तेस्रो हिले महोत्सव सम्पन्न (फोटो फिचर)

१५ असार,पोखरा
स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव भएको हो । हेमजाको मिलनचोक देखी प्रभात फेरी शुरु भएको कार्यक्रम कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराको ब्यानर बनाइएको थियो।

उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता सम्पन्न भएका हुन । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो।


कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ गरिएको महोत्सवमा उल्लेख्य रुपमा आन्तरिक तथा बाह्य पर्यटक को सहभागिता रहेको थियो

तस्विरः प्रदिप श्रेष्ठ,हेमजा