असाेज २ गते २०७६
सोझा नेता चित्रबहादुर केसीले गरे गम्भीर अपराध
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ ।
तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् ।
तीनपटक सांसद् भएका उनले आफू संविधानसभाको सभासद् भएका बेला मा कानून छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइएको पाइएको छ ।
आफू सभासद् भएका बेला गाउँविकास समितिलाई प्रभावमा पारेर उनी झूटो सिफारिस बनाउन आफैं खटिएका थिए । यो थाहा पाएर जनमोर्चाका कार्यकर्ताले त्यसो नगर्न सुझाएका थिए । तर, उनले त्यसको प्रवाह नगरी ०६७ माघ ५ गते प्रशासनलाई पत्तै नदिई बाबु–आमा परिवर्तन गराएको रिपोर्टमा उल्लेख छ । यद्यपि, उनले परिवारमा भने उनले सल्लाह गरेका थिए ।
कानूनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानून बाहिर रहेर एकै दाजुभाइका छोराछोरीको आमा–बाबु परिवर्तन सम्भव हुन्न । धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानूनी प्रक्रिया र सर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानूनी प्रावधानबाट नाबालकहरूको आमा बाबु परिवर्तन गरेका हैनन, संरक्षक बनाएका पनि हैनन् । कानूनलाई सीधै ढााटेर आमा–बाबु नै परिवर्तन गरिदिएका हुन् ।’ शुक्रबारले प्राथमिकता साथ छापेको छ ।
केसीले यसो गर्नुको कारण रोचक रहेको पाइएको छ । नेता केसीले गैरकानूनी रुपमा दुई बालकको बाबुआमा परिवर्तनको कारण जापानमोह हो । चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन् । चित्रबहादुरले दुई नाति जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै परिवर्तन गरिदिएको शुक्रबारको ठम्याइ छ ।
नेता केसीले गरेको अपराधमा यस्तो प्रकृतिको घटनामा उनलाई ५ वर्षसम्म कैद हुनसक्छ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद व्यवस्था रहेको छ।
तर, केसी आबद्ध दल जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले भने यो ठूलो इस्यु नभएको बताएकी छन् ।
जेठा छोराको घरपरिवार बिग्रिएपछि केसीले यस्तो कदम चालेको उल्लेख गर्दै पौडेलले शुक्रबारसँग भनेकी छन्– हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन।’ पौडेलले यसमा चित्रबहादुर आफैं लागेजस्तो नलागेको र कानूनी व्यवस्थाबारे थाहा नभए पनि ठूलो इस्यु भने नभएको बताएकी छन।