असाेज १२ गते २०८०
प्रकृती र सस्कृतीको रक्षा वा प्रर्बधन गर्नु पर्यटनको लागि अनिवार्य
जियस नेपाली
पर्यटन भन्नाले प्रकृती वा सस्कृती वा दुवै बेच्ने मुल उदेश्य हो । नेपालको प्रकृतीले हामीलाई बिश्वमा समुन्नत बनाएको छ भने हाम्रो सस्कृती पनि अपरम्पार सम्पत्तीको रुपमा रहेको छ तर हामीले उचित तवरले बेच्न सकेका छैनौ । प्रयावरणको जोखिमले प्रकृती जोखिममा छ जलवायु परिर्वतन हुदै छ भने पश्चिमीकरणले हाम्रो सस्कृतीलाई क्षय गर्दैछन । अव हाम्रो पर्यटनको लागि मात्र हैन हामी नेपालीकै लागि प्रकृती र सस्कृतीको रक्षा गर्नु वा प्रर्बधन गर्नु अनिवार्य भएको छ । यिनै कुराहरुको विषयमा पोखराको पृथ्वीनारायण कलेजमा आज शुक्रबार एक कार्यक्रम सम्पन्न भयो ।
समाजशास्त्रमा अध्यापन गर्ने उपप्राध्यापक डा रामचन्द्र बरालले पर्वतीय पर्यटनमा देखिएका नबीन चुनौतीहरु शिर्षकको लधु अनुसन्धानमुलक कार्यपत्र सहित छलफल कार्यक्रम भएको थियो । पर्यटनशास्त्रको सैद्धान्तिक बिबेचना सहित भएको सो कार्यक्रममा मानवशास्त्र तथा ग्रामिण बिकास बिभागका शिक्षक तथा बिद्यार्थीको उपस्थिती रहेको थियो ।
खासगरी अनुसन्धानकर्ता बरालले नेपालको मध्य हिमाली जिल्ला मुस्ताड., मनाड. र गोर्खाको उत्तरी भूभागको सस्कृती र पर्या पर्यटन तथा धार्मिक पर्यटनबारे चर्चा गर्नु भएको थियो । पर्यटनले सो क्षेत्रमा बस्ने स्थानियलाई कति फाइदा वा बेफाइदा पुगेको भन्ने बारे चर्चा गर्दै बरालले अहिले भैआएको पर्यापर्यटनमा धार्मिक पर्यटनलाई पनि बलियो ढंगले जोडन सकिने र त्यसबाट नेपालको समग्र पर्यटन क्षेत्रको बिकासहुने तथ्यहरु प्रस्तुत गर्नुभएको थियो । समाजशास्त्रका शिक्षक तथा बिद्यार्थीहरु बिच भएको छलफलमा गोर्खाको चुन उपत्यका र उपल्लो थलोको महत्व र समस्या बारे चर्चा भएको थियो । एक समाजशास्त्रीको रुपमा कस्ता खाले समाजका समस्या वा सामाजिक मुद्धाहरुमा हामी कसरी अनुसन्धान गर्न सक्छौ भन्ने बारे डा बराल लगायत समाजशास्त्र बिभागका प्रमुख शिव थापा र समाजशास्त्रकै उपप्राध्यापक शिवजी गुरुड.ले आफ्नो धारणा राख्नुभएको थियो ।
झण्डै आज भन्दा ७० वर्ष अगाडीबाट शुरुभएको नेपालको ब्यावसायिक पर्यटन बिभिन्न समय कालखण्डमा त्यसको स्वरुप र मुख्य आर्कषण बदलिरहेको छ । सन १९७०को दशकमा हिप्पी फिरन्ते पर्यटकबाट शुरु भएको पर्यटनमा हिमाल चढ्ने र पदयात्रा गर्नेहरुको स्वर्गभूमी भएको मानिन्छ । बिश्वका ८ हजार मिटर भन्दा माथीका १० हिमाल मध्य ८ वटा नेपालमा नै छन भने पदयात्राको लागि नेपालका हिमाली र पहाडी भूभाग अत्यन्त मनोरम र अुनपम मानिन्छ । यसैले प्रतेक सिजनमा बर्षेनी हजारौको संख्यामा नेपालमा पर्यटक आइरहन्छन । दुखको कुरा ७० वर्षको पर्यटनले नेपालको बिकासमा भने उल्लेख्य प्रगती भने हुन सकेको छैन । सन २०१८ र १९ मा नेपालमा झण्डै १२ लाखको दरमा पर्यटक भ्रमण गरेका थिए भने त्यसपछीको २ वर्ष कोभिडले पर्यटन ब्यावसाय समेत निकै ध्वस्त बनायो तर आशलाग्दो कुरा के भने गत वर्ष २०२२ मा झण्डै ६ लाख पर्यटक नेपाल भित्रिए भने यो क्रम यसवर्ष अझै निकै बढने आकलन गरिएको छ । अझै आश लाग्दो र उल्लेखनिय तथ्याड.क त के छ भने यस वर्ष सन २०२३ को ६ महिनाको नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ६ लाख नाघीसकेको छ । यस्तै बृद्धि रहेमा आगामी वर्षहरुमा छिट्टै कोरोना अगाडीको पर्यटन आगमन तथ्याड.कलाई तोड्ने छौ । तर अहिले नेपालको पर्यटन क्षेत्रले कुल ग्राहस्थ्य उत्पादन अर्थात जिडिपिको ७ प्रतिसत पनि धान्न सकेको छैन भने झण्डै ५ लाखले पर्यटन क्षेत्रबाट प्रतक्ष रोजगारी पाएका छन । यो नेपालको समग्र श्रमशक्तिको मात्र ३ प्रतिसत हो । उता नेपालको सामाजिक अवस्था र ब्यावस्था बैदेशिक रोजगार र बसाइसराईले निकै प्रभावित गरिरहेको छ । तर पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको पर्यटन बिकास राम्रोसग हुन सकेमा हाम्रो प्रकृती र सस्कृती बेच्न सके नेपाल बिकास हुन कुनै धेरै समय नलाग्ने पर्यटन क्षेत्रका बिज्ञहरुको भनाई छ ।