माघ १९ गते २०७७

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा


पोखरा, १९ माघ ।

पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रा.लि.ले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देबघाटधाम तीर्थयात्रा गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिनुभयो । यस अघि संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही बृद्धाश्रममा पुगी केक काट्नुका साथै ज्येष्ठ नागरिकलाई भोजन गराउँदै संस्थाका पदाधिकारीले पनि ज्येष्ठ नागरिकसँगै सहभोजन गरेका थिए ।