फागुन २५ गते २०७९

पोखरा चेम्बर अफ कमर्स,कास्की अवलोकन भ्रमणमा

पोखरा २५, फागुन
पोखरा चेम्बर अफ कमर्स कास्की चार दिने अवलोकन भ्रमणमा विहीवार देखि निस्केको छ ।
चेम्बर कास्कीका अध्यक्ष यमनाथ पौडेलको नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्दन गर्ने उदेश्यले सो भ्रमण आयोजना गरिएको हो । भ्रमण स्याङजा हुँदै पाल्पा, रुपन्देही, चितवन, काठमाण्डौ, ललितपुर, भक्तपुर, गोर्खा, तनहुँ हुँदै पोखरा फर्किने कार्यक्रम रहेको चेम्बर सदस्य जीवन ढुंगानाले जानकारी दिएका छन ।
भ्रमणका क्रममा अन्तर चेम्वर अन्तरक्रिया तथा संस्थागत विकासका बारेमा अनुभव आदान प्रदान गरिने भ्रमण संयोजक उमराज वास्तोलाले जानकारी दिएका छन् ।