वैशाख ३ गते २०८३

पोखरा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान

कमल पौडेल अथक
पोखरा ३, वैशाख
पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम विहीवार पोखरामा सम्पन्न भएको छ ।
सो अवसरमा क्लबले प्रकाशन गरेको २०८३ सालको टेवल क्यालेण्डर विमोचन गरियो । कार्यक्रममा बोल्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले क्लबले रचनात्मक काम गर्दै आएको बताए । उनले अहिले युवालाई रोजगारीका अवसर सृजना गर्ने काममा क्लबको उल्लेखनीय योगदान रहेको बताए ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा इलेक्ट्रिक क्लव उद्योग वाणिज्य संघको एक अंग भएको बताउँदै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
क्लवका अध्यक्ष अमृत पोखरेलले संस्था निरन्तर रहने र त्यसमा पात्रहरू फेरिँदै जाने बताउँदै पदमा पुगेपछि आफ्नो औकात विर्सन नहुने धारणा व्यक्त गरे ।
क्लबका अध्यक्ष अमृत पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, क्लवका कानूनी सल्लाहकार शुकदेव गौतम, महासचिव प्रकाश कटुवाल र सदस्य विष्णु बास्तोला लगायतले बोलेका थिए ।