चैत्र १२ गते २०७७

यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण, लोकतन्त्र वचाउनको लागि कांग्रेस नेतृत्व आवस्यकः सीता


कमल पौडेल अथक
पोखरा १२, चैत्र
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताएकी छन् ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्धारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मलनमा वोल्दै उनले सो कुरा वताएकी हुन् ।
उनले आदिवासी जनजातिहरु कम्युनिष्ट हुन नसक्ने वताउदै लोकतन्त्र रक्षाको लागि जनजातिहरु एक हुनको विकल्प नभएको वताइन् ।
सामाजिक सांस्कृतिक रुपमा लोकतन्त्र वचाउन कांग्रेसको सरकार नै अपरिहार्य भएको उनले वताएकी छन् ।
उनले यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण आयोजना गरिने वताइन् । गण्डकी प्रदेशका ११ जिल्लाका करिव १ सय ५० जना कार्यकर्ताहरु सो प्रशिक्षण कार्यक्रममा सहभागी हुने उनले वताएकी छन् ।
सो प्रशिक्षण सम्पन्न भए लगत्तै देशका अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिने उनले वताइन् । सवैको पहिचान भेटिने र जातिय द्धन्द्ध मेटिने गरी प्रशिक्षणमा सहजिकरण गरिने उनले वताएकी छन् ।
सो अवसरमा वोल्दै पूर्व मन्त्री इन्द्रवहादुर गुरुङले काग्रेसले वाहेक अरु कुनै पार्टीले जनजातिको अश्थित्व स्वीकार गर्न नचाहने वताए ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशका संयोजक जीतवहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।