श्रावण ५ गते २०८२

स्थापना दिवसमा रक्तदान

साउन ४ गते २०८१

पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा संस्थाका उपाध्यक्ष नन्दकला पौडेलले बताउनु भयो ।
पोखराको मानवअधिकार चोकमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा जम्मा ५६ जनाले रक्तदान गरेका हुन भने सहयोगी संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था रहेको कुरा रक्तदान कार्यक्रमका संयोजक कल्पना अधिकारीले बताउनु भयो पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले रक्तदाता हरि सुवेदीलाई ब्लडब्याग हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पराजुलीले मानब जिवन लाई दैनिक चलायमान बनाउनका लागी आबश्यक पर्ने रगत दान गरेर समाजमा पुन्य कार्य गर्ने सबै लाई धन्यबाद दिंदै नेपाल फोटोग्राफर महासंघले पनि आगामी दिनमा जिल्ला संघहरु संग सहकार्य गर्दै बिभिन्न खालका सामाजिक कार्य योजनाका साथै फोटोग्राफी ब्यबसायी हरुको लागी आबश्यक पर्ने नितीहरु बनाउने र सबैे जिल्लामा पुरयाउने बताउनु भयो ।
खुल्ला रक्तदान कार्यक्रमका अबसरमा बिशेष अतिथि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सीले आपसी सहकार्यमा महत्वपूर्ण भुमिका खेल्दै समाज रुपान्तरण र ब्यबसायिक हकहितका लागी उल्लेख्य काम गरेकोमा प्रशंशा गर्दै अझै प्रगतिको कामना गर्नुभयो ।
स्थापना दिवस तथा रक्तदान कार्यक्रमका अबसरमा सञ्चालन गरिएको सो कार्यक्रममा रक्त संचार गृह कास्की प्रादेशिक कार्यालय प्रमुख अर्जुन ज्ञवाली, नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष भवानी माकाजु, पूर्व अध्यक्ष जयन्द्र राजभण्डारी,संस्थाका पूर्व अध्यक्ष रविनाथ दाहाल ,बलराम शर्मा, निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल, संस्थाका संरक्षक गणेश छवि, महिला उप समितिका संयोजक मिरु लम्साल,पूर्व सम्योजकहरु सान्त्वना पराजुली,इन्दिरा शर्मा,तिर्थ श्रेष्ठ, लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल रेडक्रस सर्कल प्रादेशिक कार्यालय गण्डकीको प्रबिधिक सहयोगमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम संस्था का कार्य समिति सदस्य कल्पना अधिकारी कार्यक्रम संयोजक, पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष नन्दकलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने संघका सचिब लक्ष्मीपति पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।