वैशाख २९ गते २०८१

वालवालिकामा आजको लगानी भविश्यको दक्ष जनशक्ति उत्पादन

कमल पौडेल अथक
पोखरा २९, बैशाख
वालवालिकामा आज गरेको लगानीले भविश्यमा दक्ष जनशक्ति उत्पादन हुने एक कार्यक्रमका बक्ताले बताएका छन् ।
सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित बालअधिकार संवन्धि अभिमुखीकरण कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले वालवालिकाका अधिकार कानूनी रुपमा सुरक्षीत गर्न सकेमात्र देशले चाहे जस्तो जनशक्ति प्राप्त गर्न सक्ने वताए ।
सो कार्यक्रमको शुभारम्भ गर्दै शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक घनश्याम पौडेलले वालवालिकाको अधिकारको लागि सरोकारवाला पक्ष सचेत हुनु पर्ने बताए । उनले कानूनले वाल अधिकारको वकालत गरेपनि समयसापेक्ष समाजमा वालवालिकामाथि विभिन्न खाले हिंसा हुन सक्ने भएकोले सरोकारवालाहरु सचेत रहन आग्रह गरे ।
जिल्ला वालसञ्जाल कास्कीको समन्वयमा भएको कार्यक्रममा कास्कीका ५ वटा पालिकाका विद्यार्थी, जिल्ला वाल सञ्जालका निवर्तमान पदाधिकारी र कास्कीका सरकारी कार्यालय तथा संघ संस्थाका प्रतिनिधि गरि ६० जनाको सो कार्यक्रममा सहभागिता रहेको सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।
कार्यक्रममा सहजिकरण गर्दै प्रदेश वाल समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले वालवालिकाका अधिकार सँगै वाल अपराध र सुधारको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा, बालअधिकार समिति कास्कीका अध्यक्ष गीता पौडेल, अधिकृतस्तर छैटौ ज्ञानेश्वर सुवेदी लगायतले बोलेका थिए ।
सो अवसरमा भएको वालवालिकाको भेलाले तेजप्रसाद ढकालको अध्यक्षतामा १० सदस्यीय जिल्ला वाल सञ्जाल कास्की गठन गरेको छ । समितिको उपाध्यक्षमा विश्वास सापकोटा, सचिवममा जस्मिन आचार्य, कोषाध्यक्षमा रुविना भूषाल, सहसचिवमा शिशिर सुवेदी चयन भएका छन् ।