चैत्र २ गते २०७७

नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

काठमाडौं, ०२ चैत । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ ।

पार्टी उपाध्यक्ष भीम रावलले भने, ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौं ।’