भाद्र ९ गते २०८१

दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशन को १६ औं साधाण सभा सम्पन्न

दाङ,८ भदौ ।
दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशन को शनिवार घोराहिमा भब्य समारोह बिच १६ औं साधारण सभा सम्पन्न भएको छ ।
समारोहमा प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए । उपाध्यायले नयाँ प्रविधि सम्वन्धी ज्ञानले व्यवसायमा सहजतासँगै व्यवसायको विकासमा सहयोग गर्ने भन्दै व्यवसायीलाई क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । त्यसका लागि फोटोग्राफर महासंघ सहयोग गर्न सधै तयार रहेको भन्दै त्यसको वातावरण जिल्लाले बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा अग्रज फोटोग्राफर भूपेन्द्रमान श्रेष्ठ, हुमबहादुर रेग्मी, साजन खत्री, ओम खड्का, निर्मला चौधरी र डोरबहादुर थापालाई सम्मान गरिएको थियो भने संस्थालाई सहयोग गर्ने विभिन्न संघ सस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा फोटोग्राफर एसोसियन दाङमा अध्यक्ष दुर्गाप्रसाद चौधरीले दश हजार, उपाध्यक्ष नारायण विकले स्वर्गीय आमा पार्वती विकको सम्झनामा ११ हजार पाँच सय ५५ रुपैया र फोटो व्यवसायी शंकर सुनारले स्वर्गीय आमा पप्पु सुनारको सम्झानामा १३हजार रुपैयाको अक्षयकोश स्थापना गरेका थिए।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासन, फोटोग्राफर महासंघका केन्द्रीय सदस्य नारायण खनाल, दाङ जिल्ला उद्योग बाणिज्य संंघका पूर्व सचिव सुन्दरमणि गौतम, नेपाल मोवाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेश महासचिव शालिकराम खनाल, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेय, दाङ जिल्ला फोटोग्राफर एसोसियसनका पूर्व अध्यक्ष रोशनमान श्रेष्ठ, एसोसियसनका पूर्व उपाध्यक्ष शिवराज अधिकारी, रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीका अध्यक्ष निरञ्जन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा महासचिव लक्ष्मण न्यौपानेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गरेका थिए ।
दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशनका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संचालन महासचिव लक्ष्मण न्यौपानेले गरेका थिए ।