पौष ९ गते २०७८

अमेरिकाद्धारा थप सहयोग खोप नेपाल आईपुग्यो

काठमाडौं,९ पुस । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ६ लाख ६४ हजार ५६० फाइजर खोपको मात्रा अनुदान प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त खोप १२ वर्ष र सोभन्दा बढी उमेर समूहका निम्ति उपलब्ध गराइएको हो । अमेरिकाले नेपाललाई यसअघि नै अनुदानमा दिएका फाइजर खोपका १ एक लाख ६२० मात्रा र एकल–मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोप सहयोग गरेको थियो ।
‘यस सहायताले जीवनरक्षक चिकित्सा सामाग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता ९खोपको लागत समावेश नगरी० मा वृद्धि गरेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले निस्शुल्क र बिना पूर्वसर्त खोपहरू प्रदान गरिरहेको छ ।’