वैशाख ९ गते २०८२

पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन, मलाई पदाधिकारीवाट असहयोग भयोः कार्की

 

पोखरा ९, बैशाख
पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान एवं २०८० सालको एस इईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरी सम्मान कार्यक्रम सोमवार पोखरामा सम्पन्न भयो ।
सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले इलेक्ट्रिक क्लव उद्योग वाणिज्य संघको एक सन्तान भएको वताए । उनले आफ्नो सन्तानलाई उद्योग वाणिज्य संघले सँधै माया गरिरहने वताए ।
उनले पछिल्लो समयमा देशमा आएको आर्थिक मन्दीले व्यवसायीहरु दिन प्रतिदिन पलायन हुँदै गइरहेकोमा दुःख व्यक्त गरे ।
यसैवीच फरक प्रसंङमा उनले उद्योग वाणिज्य संघमा सदस्य रहेका केही व्यवसायीहरुको सदस्यता विधान विपरित रहेको र तिनलाई छानविन गरी खारेज गर्ने समेत उनले वताए ।
उनले उद्योग वाणिज्य संघको अध्यक्षमा आफू निर्वाचित भएर आएपछि केही पदाधिकारीले आफूलाई निरन्तर असहयोग गरेको गुनासो गरे ।
वाणिज्य संघका २ वटा वैठकमा कोरम नपुगेको, व्यापार मेला असफल पार्न लागेको, कर्मचारीलाई किन काम गरेको भनेर सुरुङगा लाउने गरेको समेत फेला परेको उनले वताए । साथै उनले आफूलाई असहयोग गर्ने पदाधिकारीको हिसाव किताव राखेको भन्दै संघले निकाल्ने व्यापार पत्रिकामा प्रकाशित गर्ने समेत चेतावनी दिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघमा आफू पुरानै सदस्य भएपनि आर्थिक गतिविधिमाथि केही थाहा नभएको भन्दै भित्र भित्रै खोजी गरिरहेको र अनियमितता गरेको भेटिए कसैलाई पनि क्षमा नदिने उनले वताए ।

उनले पदाधिकारी माथि एकोहोरो आलोचना गरिरहँदा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम मञ्चमा नै रहेका थिइन् ।
क्लवका अध्यक्ष अमृत पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक, क्लवका उपाध्यक्ष गणेशप्रसाद भट्टराई र सचिव प्रकाशकुमार कटुवाल लगायतले वोलेका थिए ।