फागुन १८ गते २०७७
प्रकाण्डको संयोजनमा विप्लव समूहले गठन गर्यो वार्ता टोली
काठमाडौँ,१८ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ। विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन्।
यसअघि सरकारले मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई छन्। सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको सार्वजनिक भएको हो।सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता हुने पत्रकार सम्मेलनमा बताएका छन्।