राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपाल को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त
काठमाडौँ असोज ६ राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासंग मिलेर काम गर्ने पनि वताउनु भयो । उक्त कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यापर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा त्यसै गरि सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे रहेका छन भने ।
त्यस्तै केन्द्रिय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई , नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । निवाचन प्रक्रियामा नारायण श्रेष्ठ माधव वराल र कविन्द्रमान शाक्यले सहयोग पु¥याउनु भएको थियो । साथै उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष, सस्थाका पूर्व अध्यक्ष विकास रौनीयारको पनि उपस्थिति रहेको थियो ।
पोखरा । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनले गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो । उनको...
Read More
मंसिर २१ , हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी...
Read More
८ फागुन,पोखरा पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि...
Read More
रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका...
Read More