भाद्र ३ गते २०७८
सन्दर्भ विश्व फोटोग्राफी दिवस
अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा फ्रेन्च वैज्ञानिक लुइस ड्यागुुरे र इसिडोर नाइप्सीले गरेको फोटोग्राफीको उत्पादनलाई फ्रान्स सरकारले फोटोग्राफी रुपमा मान्यता दिएको थियो ।
यसै दिनको सम्झनामा विश्वभर यस दिवसलाई मनाउने गरिन्छ । नेपालमा यस दिन फोटोग्राफरसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउने गरिँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसलाई प्रोत्साहन गर्न र व्यावसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसको सम्मान गर्न यो दिवसको महत्व छ ।
खासमा ‘फोटोग्राफी’ नामै काफी छ । यसको उचाइ, महत्व र प्रभावबारे जानकार नहुने विरलै होलान् । प्रविधिको विकाससँगै फोटोग्राफीको पनि द्र्रूत विकास भइरहेको छ । २१ औं शताब्दीको संघारमा निकै महत्वपूर्ण, संवेदनशील तथा आवश्यकतामा यो व्यवसाय पर्ने गरेको छ । राज्यका हरेक निकायसँग र जनताका हरेक क्रियाकलापसँग सिधैं सम्पर्कमा रहने क्षेत्र भएकोले पनि यस क्षेत्रको बेग्लै महत्व हुने गरेको छ । विकास र प्रविधिले यो व्यवसायलाई चुनौती र अवसर दुवै दिइरहेको छ । गाउँदेखि शहरसम्म र घरदेखि दरबारसम्म, देशदेखि विदेशसम्म फोटोग्राफीले महत्वपूर्ण ठाउँ ओगटेको छ । तर पनि हाम्रो देशको हकमा भने राज्य, राज्यका निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रको ध्यान त्यति पुगेका पाइँदैन । राज्यको अपरिहार्य वस्तुभित्र परे तापनि यसको व्यवस्थापनमा सिन्को भाँचेको पाइँदैन ।
नेपालमा फोटोग्राफीको इतिहास हेर्दा जंगबहादुर राणाले बेलायतको भ्रमण गरेर फर्केपछि फोटोको सुरु भएको मानिन्छ । नेपालको पहिलो फोटोग्राफर रुपमा बालकृष्ण समका बाजे राणा प्रधानमन्त्री वीरशमशेर जबराका भाइ डम्बरशमशेर जबरालाई लिइन्छ ।
विसं. १९२७ तिर अंग्रेज फोटोग्राफरबाट उनले सिकेर नेपालमा फोटोग्राफी भित्राएका थिए । राणाहरुभन्दा बाहिर सर्वसाधारणमा पूर्णमान चित्रकारले डम्बर शमशेरबाट फोटोग्राफी सिकी यसलाई व्यावसायिक फोटोग्राफी सुरुवात गरेका थिए । हाम्रो क्षेत्र गण्डकी प्रदेशमा भने विसं. १९९० सालतिर घुमन्ते फोटोग्राफी व्यवसाय गर्दै आएका पाल्पाका फोटोग्राफर गंगाप्रसाद श्रेष्ठले पोखरा, बागलुङ र कुस्मातिर फोटोग्राफी भित्र्याएको पाइन्छ । उनै फोटोग्राफरबाट पोखराका जगन्नाथ उलक, कृष्णकुमार वैद्य, भेषरत्न शाक्य लगायतले फोटोग्राफीसम्बन्धी ज्ञान लिई यस क्षेत्रमा फोटोग्राफीको सुरुवात भएको पाइन्छ ।
फोटोग्राफीको लामो इतिहास नभए पनि समयचक्रसँगै यो पेसाले गाउँ सहर गाँजेको पाइन्छ । जसका कारण धेरैको घरबास र जिउने आधार बनेको छ । फोटोग्राफी कारण देशलाई समृद्धितर्फ उन्मुख गराएको पनि छ । आफै रोजगार सिर्जना गर्न सक्ने पेसाभित्र पर्दछ, यो पेसा । तर पेसासँगै चुनौती पनि पहाड बनेर उभिएको छ, हामीमाझ । विदेशमा बनेका क्यामरा, विदेशमा बनेका कच्चा पदार्थबाट पेसा सञ्चालन गर्नुपर्ने बाध्यता एकातिर छ भने राज्यबाट नै यो पेसाका लागि चाहिने सरसामग्री तथा यस पेसा अँगाल्ने व्यक्तिलाई विलासिता परिधिमा राख्ने गरेको पाइन्छ । फोटोग्राफी त अपरिहार्य भैसकेको छ । जस्तै विवाह, भोज, पार्टी, पत्रकारिता, चिकित्सा, चलचित्र, घटनाको अनुसन्धान, उद्योग, व्यापार, व्यवसाय, पर्यटन, विभिन्न कार्यक्रम, इतिहास र मानिसको परिचयका साथै हर क्रियाकलापका लागि यो नभै नहुने वस्तुमा पर्ने गर्दछ । नागरिकता, परिचयपत्र, मतदाता, परिचयपत्र, राहदानी, स्कुल क्याम्पसका फर्म तथा परिचयपत्र लाइसेन्स आदि धेरै कुरामा फोटोको आवश्यकता अपरिहार्य भएको छ । यही कामलाई मुख्य पेसा बनाउनेले आफ्नै देशमा बसी आफ्नै काम गरी २÷४ जनालाई रोजगारी दिने हैसियत राखेका छन् । राज्यको निकायमा दर्ता गरी तालिमप्राप्त व्यक्तिबाट मात्र यो पेसा अँगाल्नुपर्ने बाध्यकारी नीति नभएसम्म यो पेसालाई जीवन्त र मर्यादित बनाउन कठिन हुनेछ ।
तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो । फोटोग्राफीको यो विकासले थुप्रै इच्छुकलाई अभिव्यक्त हुन मद्धत पु¥याएको छ । सामाजिक सञ्जालले पनि यसमा ठूलो भूमिका खेलेको छ । अहिले सामाजिक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर १ मिनेटमै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन् ।
यसैबीच, वर्तमान अवस्थामा फोटोग्राफी पेसा निकै नै मौलाएको पाइन्छ । प्रविधिको विकाससँगै यो पेसा परिमार्जित र गुणस्तरीय हँुदै गएको पाइन्छ । यो पेसामा लाग्ने मानिस आत्मनिर्भर भएका छन् भने यससम्बन्धी विभिन्न संघसंस्था खुलेर फोटोग्राफी विकास र फोटोग्राफरको हकहितमा काम गरिरहेका छन् ।
१८२ औं विश्व फोटोग्राफी दिवस अवसरमा विश्वभर छरिएर रहेका फोटोग्राफरमा हार्दिक शुभकामना ।
-पाैडेल फोटोग्राफर संघ गण्डकी अध्यक्ष हुन् साभार: आदर्श समाज