अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा फ्रेन्च वैज्ञानिक लुइस ड्यागुुरे र इसिडोर नाइप्सीले गरेको फोटोग्राफीको उत्पादनलाई फ्रान्स सरकारले फोटोग्राफी रुपमा मान्यता दिएको थियो ।
यसै दिनको सम्झनामा विश्वभर यस दिवसलाई मनाउने गरिन्छ । नेपालमा यस दिन फोटोग्राफरसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउने गरिँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसलाई प्रोत्साहन गर्न र व्यावसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसको सम्मान गर्न यो दिवसको महत्व छ ।
खासमा ‘फोटोग्राफी’ नामै काफी छ । यसको उचाइ, महत्व र प्रभावबारे जानकार नहुने विरलै होलान् । प्रविधिको विकाससँगै फोटोग्राफीको पनि द्र्रूत विकास भइरहेको छ । २१ औं शताब्दीको संघारमा निकै महत्वपूर्ण, संवेदनशील तथा आवश्यकतामा यो व्यवसाय पर्ने गरेको छ । राज्यका हरेक निकायसँग र जनताका हरेक क्रियाकलापसँग सिधैं सम्पर्कमा रहने क्षेत्र भएकोले पनि यस क्षेत्रको बेग्लै महत्व हुने गरेको छ । विकास र प्रविधिले यो व्यवसायलाई चुनौती र अवसर दुवै दिइरहेको छ । गाउँदेखि शहरसम्म र घरदेखि दरबारसम्म, देशदेखि विदेशसम्म फोटोग्राफीले महत्वपूर्ण ठाउँ ओगटेको छ । तर पनि हाम्रो देशको हकमा भने राज्य, राज्यका निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रको ध्यान त्यति पुगेका पाइँदैन । राज्यको अपरिहार्य वस्तुभित्र परे तापनि यसको व्यवस्थापनमा सिन्को भाँचेको पाइँदैन ।
नेपालमा फोटोग्राफीको इतिहास हेर्दा जंगबहादुर राणाले बेलायतको भ्रमण गरेर फर्केपछि फोटोको सुरु भएको मानिन्छ । नेपालको पहिलो फोटोग्राफर रुपमा बालकृष्ण समका बाजे राणा प्रधानमन्त्री वीरशमशेर जबराका भाइ डम्बरशमशेर जबरालाई लिइन्छ ।
विसं. १९२७ तिर अंग्रेज फोटोग्राफरबाट उनले सिकेर नेपालमा फोटोग्राफी भित्राएका थिए । राणाहरुभन्दा बाहिर सर्वसाधारणमा पूर्णमान चित्रकारले डम्बर शमशेरबाट फोटोग्राफी सिकी यसलाई व्यावसायिक फोटोग्राफी सुरुवात गरेका थिए । हाम्रो क्षेत्र गण्डकी प्रदेशमा भने विसं. १९९० सालतिर घुमन्ते फोटोग्राफी व्यवसाय गर्दै आएका पाल्पाका फोटोग्राफर गंगाप्रसाद श्रेष्ठले पोखरा, बागलुङ र कुस्मातिर फोटोग्राफी भित्र्याएको पाइन्छ । उनै फोटोग्राफरबाट पोखराका जगन्नाथ उलक, कृष्णकुमार वैद्य, भेषरत्न शाक्य लगायतले फोटोग्राफीसम्बन्धी ज्ञान लिई यस क्षेत्रमा फोटोग्राफीको सुरुवात भएको पाइन्छ ।
फोटोग्राफीको लामो इतिहास नभए पनि समयचक्रसँगै यो पेसाले गाउँ सहर गाँजेको पाइन्छ । जसका कारण धेरैको घरबास र जिउने आधार बनेको छ । फोटोग्राफी कारण देशलाई समृद्धितर्फ उन्मुख गराएको पनि छ । आफै रोजगार सिर्जना गर्न सक्ने पेसाभित्र पर्दछ, यो पेसा । तर पेसासँगै चुनौती पनि पहाड बनेर उभिएको छ, हामीमाझ । विदेशमा बनेका क्यामरा, विदेशमा बनेका कच्चा पदार्थबाट पेसा सञ्चालन गर्नुपर्ने बाध्यता एकातिर छ भने राज्यबाट नै यो पेसाका लागि चाहिने सरसामग्री तथा यस पेसा अँगाल्ने व्यक्तिलाई विलासिता परिधिमा राख्ने गरेको पाइन्छ । फोटोग्राफी त अपरिहार्य भैसकेको छ । जस्तै विवाह, भोज, पार्टी, पत्रकारिता, चिकित्सा, चलचित्र, घटनाको अनुसन्धान, उद्योग, व्यापार, व्यवसाय, पर्यटन, विभिन्न कार्यक्रम, इतिहास र मानिसको परिचयका साथै हर क्रियाकलापका लागि यो नभै नहुने वस्तुमा पर्ने गर्दछ । नागरिकता, परिचयपत्र, मतदाता, परिचयपत्र, राहदानी, स्कुल क्याम्पसका फर्म तथा परिचयपत्र लाइसेन्स आदि धेरै कुरामा फोटोको आवश्यकता अपरिहार्य भएको छ । यही कामलाई मुख्य पेसा बनाउनेले आफ्नै देशमा बसी आफ्नै काम गरी २÷४ जनालाई रोजगारी दिने हैसियत राखेका छन् । राज्यको निकायमा दर्ता गरी तालिमप्राप्त व्यक्तिबाट मात्र यो पेसा अँगाल्नुपर्ने बाध्यकारी नीति नभएसम्म यो पेसालाई जीवन्त र मर्यादित बनाउन कठिन हुनेछ ।
तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो । फोटोग्राफीको यो विकासले थुप्रै इच्छुकलाई अभिव्यक्त हुन मद्धत पु¥याएको छ । सामाजिक सञ्जालले पनि यसमा ठूलो भूमिका खेलेको छ । अहिले सामाजिक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर १ मिनेटमै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन् ।
यसैबीच, वर्तमान अवस्थामा फोटोग्राफी पेसा निकै नै मौलाएको पाइन्छ । प्रविधिको विकाससँगै यो पेसा परिमार्जित र गुणस्तरीय हँुदै गएको पाइन्छ । यो पेसामा लाग्ने मानिस आत्मनिर्भर भएका छन् भने यससम्बन्धी विभिन्न संघसंस्था खुलेर फोटोग्राफी विकास र फोटोग्राफरको हकहितमा काम गरिरहेका छन् ।
१८२ औं विश्व फोटोग्राफी दिवस अवसरमा विश्वभर छरिएर रहेका फोटोग्राफरमा हार्दिक शुभकामना ।
-पाैडेल फोटोग्राफर संघ गण्डकी अध्यक्ष हुन् साभार: आदर्श समाज
काठमाण्डौं, ०९ मंसिर । पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। लुसाइल स्टेडियममा गएराति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो।...
Read More
पोखरा, माघ पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ । सहकारीले शनिबार आफ्नो...
Read More
काठमाडौं, ५ असोज । माधव नेपालसहित १४ सांसद र लुम्बिनीका दुई प्रदेश सांसदविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार बहस गर्दागर्दै समय सकिएपछि आजका...
Read More
२० जेठ, पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन वाट विजय शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन। त्यसैगरि उपाध्यक्षमा रमेश श्रेष्ठ ,सचिबमा नारायण पौडेल ,कोषाध्यक्षमा सुरेश...
Read More