वैशाख १४ गते २०८३

पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी

पोखरा १४, वैशाख
समय दृष्टि
पोखरामा आयोजित खुल्ला महिला दौड़ प्रतियोगितामा ११ वटा आमा समूहबाट ७० जना सहभागी भएका छन् ।
गण्डकी प्रदेश युवा खेलकूद तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा पोखरा ९ मा रहेको हातेमालो नागढुंगा आमा समूहद्वारा आयोजित सो प्रतियोगितामा उनीहरु सहभागी भएका हुन् ।
सो अवसरमा विमला श्रेष्ठ प्रथम, राधा सुवेदी द्वितीय र शान्ती घर्ती तृतीय भएका छन् । त्यसैगरी शर्मीला गुरुङ र शान्ती चालिसे सान्तोना भएको एथेलेटिक्स रेफ्री शंकर शाहले जानकारी दिएका छन् ।
सो अवसरमा बोल्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष एवं वरिष्ठ पत्रकार कमल पौडेल अथकले महिला समूह बीचको एकता र सद्भाव बढाउन प्रतियोगिता फलदायी रहेको बताए ।
विजयी प्रतियोगीहरुलाई मेडल र मायाको चिनो हस्तान्तण गर्दै प्रमुख अतिथि समेत रहेका अथकले महिला दौड प्रतियोगिता अन्य प्रतियोगिता भन्दा विल्कुल फरक अनुभूति रहेको बताए ।
समूहका अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीना गुरुङ, सचिव विद्या पराजुली र सदस्य सावित्री घिमिरे लगायतले बोलेका थिए ।
सो प्रतियोगिता गत वैशाख १ गतेदेखि सुरु भई सोमवार सम्पन्न भएको अध्यक्ष चेतमाया पेंगेनीले जानकारी दिएकी छन् । उनले आगामी दिनमा पनि समूहले यस्ता खालका विभिन्न प्रतियोगिता आयोजना गर्दै जाने बताइन् ।