जेठ ३१ गते २०८१
कास्कीका २ वटा पालिकामा रहेका ३३ वटा होटल तथा पसलको अनुगमन, राजमार्गका होटलहरुमा कालोबजारी
कमल पौडेल अथक
पोखरा ३०, जेठ
कास्कीका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका ३३ वटा पसलको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा बुधवार र विहीवार ति पसलहरुको अनुगमन गरिएको हो ।
समितिले कास्कीको माछापुच्छ«े गाउँपालिकाको घाचोक र मर्दी क्षेत्रका १४ वटा पसल र अन्नपूर्ण गाउँपालिकाका १९ वटा पसलमा अनुगमन गरेको हो । समितिले म्याद गुज्रेका सामग्री नष्ट गर्नुको साथै पसल सञ्चालकलाई सचेत समेत गराएको छ । उपभोक्ताका अधिकारलाई ख्याल गर्दै विक्री वितरण गर्न समेत समितिले निर्देशन दिएको छ । राजमार्ग आसपासका होटलहरुमा जथाभावि मूल्य लिएर कालोवजारी गरेको भेटिएको छ ।
अन्नपूर्णगाउँपालिका ५ नयाँपुलदेखि ढाव र नागडाँडासम्मका गरी १९ वटा खाद्य पसल तथा होटलहरुको अनुगमन गरेको समितिले म्याद गुजे्रको वियर सहित समितिले अन्य खाद्य पर्दार्थ जफत सँगै नष्ट गरेको छ ।
त्यसैगरी मूल्य सूची जथाभावि राखेर ठगेको भन्दै ढावमा सञ्चालित बाग्लुङ, वुर्तिवाङ मनिषा स्टाफ होटललाई कारवाही गर्ने चेतावनी दिएको छ ।
उक्त होटललाई सम्पूर्ण कागजपत्र सहित तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा हाँजिर हुन समितिले निर्देशन दिएको छ । सो होटलले १८ रुपैयाँमा खरिद गरेको अण्डा वोइल गरेर ४० रुपैयाँ विक्री गरेको, एउटा सेलको ५० रुपैयाँ लिएको, र एक पिलेट चनाको पनि ५० रुपैयाँ नै असुलेको लगायत खाना तथा नास्तामा परल मुल्य भन्दा दोव्वर भन्दा वढी मूल्य लिएको भन्दै कारवाहीको लागि सिफारिस गरेको अनुगमन समितिका संयोजक मोहराज ढकालले जानकारी दिएका छन् ।
अनुगमन गरिएका १९ वटा खाद्य पसल र होटल मध्ये १८ वटा पसललाई सुझाव दिइएको छ भने उपभोक्तामाथि ठगी गर्ने वुर्तिवाङ मनिषा स्टाफ होटलले कालोवजारी गरेको भन्दै कानुन वमोजिम कारवाही गरिने उनले वताए ।
पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख मोहराज ढकालको अगुवाइमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय कास्की, उपभोक्ता मञ्च कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र संञ्चारकर्मीहरुको सहभागितामा सो अनुगमन गरिएको ढकालले जानकारी दिएका छन् ।