असाेज १० गते २०७८
पोखरामा मिनि सडक महोत्सव हुने
पोखरा १० , असोज
पोखराको लेकसाइडमा मिनि सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल रेबान पोखराले आगामी सोमबार एक दिने मिनि मिनि सडक महोत्सव आयोजना गरेको हो ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई व्युउताउन सकिने आशाले विश्व पर्यटन दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको रेवानका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण बरालले बताए ।
उनका अनुसार पोखरा लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सोमवार बेलुकी पाँच बजेदेखि १० बजेसम्मका लागि सडक महोत्सवका लागि कार्यक्रम हुनेछन् ।
सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनको भनाई छ । सारंगी प्रस्तुती, लाखे र थारु समुदायको नाचसहित सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए ।
लामो समय सुस्ताएको पर्यटन क्षेत्र ब्यूताउनका लागि पनि गतिविधि गर्न जरुरी छ । त्यही क्रममा एकदिनका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरिएको हो,’ उनले भने, यसले पाहुनालाई पोखरासम्म तान्नका लागि सघाउने छ ।उनका अनुसार रेस्टुरेन्टले बाटोमा चुलो राखेर खाना खुवाउने छन् भने सांस्कृतिक टोलीले कला देखाउने छन् ।उनले भने, पोखरा खुला रहेको सन्देश दिन जरुरी छ ।
व्यवसायीलाई नै व्यवसायमा टिकाउन पनि मुस्किल हुने अवस्थामा अहिले आन्तरिक पाहुनाको कारण केही आशावादी बनेका छौ,उनले भने अहिले कमाउनै त सक्ने अवस्था होईन, पर्याप्त आम्दानी नभएपनि व्यवसायीले संचालन खर्च धान्न सक्ने अवस्था देखिएको छ । त्यसले सबैलाई उत्साही बनाएको छ ।
पोखरा पर्यटन परिषद् पिटिसीका अध्यक्ष गोपिबहादुर भट्टराईले पोखरामा हुने यो कार्यक्रमले पोखरा घुम्नका लागि सुरक्षित बनिसकेको सन्देश पुग्ने बताउँछन् । उनका अनुसार साप्ताहिक बिदा पारेर पोखरामा आन्तरिक पाहुना घुम्न आउन थालेका छन् । चाडपर्व विदाले झनै पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।