असार २० गते २०७८

बैरागी काइँलाको स्वास्थ्य सुधार

काठमाडौँ, असार २० ।
एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् । उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ ।

यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न सकेको थिएन ।

काइँलाको उपचारमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा। प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा। कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न छ ।