चैत्र १९ गते २०८१
नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटोपत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो ।
आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्यता,थारु समुदायको संस्कृति तथा नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीस वाइल्ड लाईफफोटो का साथै भिडियो कैद गरेका थिए ।

नवलपुरको गैडाकोट नगरपालिकास्थित मौलाकाली मन्दिरसँगै त्यहाँ सञ्चालित केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य क्यामेरा कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताइन् ।समग्र क्षेत्रको विकासमा फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीमा स्थापित नेपाल फोटोपत्रकार संघ कास्की आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने उनले सुझाव दिइन् ।
मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग अन्तरक्रिया गरेको थियो । २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३ हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ । थारु शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए । लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न मिल्छ ।
एनपिजेए कास्कीका अध्यक्ष गुरुङले लजले मेघौली, चितवन मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताए । यहाँको प्रकृतिको फोटो तथा भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि प्रयोग गरिने उनले बताए । ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम संयोजक राधिका कँडेलले फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यममात्र नभई समाजका विविध पक्ष उजागर गर्ने सशक्त माध्यम भएको बताइन् ।