असाेज १० गते २०७८
काङ्ग्रेस महाधिवेशन पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित
पोखरा,आइतबार,१० असोज २०७८,
नेपाली काङ्ग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।
मुख्य प्रतिस्पर्धी गङ्गाधर पराजुलीलाई ६८ मतले पराजित गर्दै बिजुक्छेले बाजी मारेका हुन् । बिजुक्छेले चार सय १४ मत प्रप्त गर्दा पराजुलीले तीन सय ४६ मत पाए ।
उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भए । उनीहरूले क्रमशः पाँच सय ६९ र चार सय ६४ मत पाए । उपसभापति पदका लागि सात जनाको उम्मेदवारी परेको थियो ।
सचिव पदमा टुवराज बास्तोला र गणेशबहादुर थापा निर्वाचित भएका छन् । उनीहरूले क्रमशः आठ सय ५९ र सात सय ८९ मत पाए । सचिव पदमा उम्मेदवारीको दिएका सुरेन्द्रबाबु तिवारीले ६ सय २१ मत पाए ।
त्यस्तै सहसचिव पदमा सङ्घर्ष कोइराला पाँच सय ८० मतसहित निर्वाचित हुँदा अर्को सहसचिवमा चार सय ६५ मतसहित सञ्जय आले निर्वाचित बने ।
पोखरामा कुल एक हजार तीन सय ७० मतदाता रहेकामा एक हजार तीन सय ४४ मत खसेको थियो ।
यता कास्कीको मादी गाउँपालिकाको सभापति पदका लागि भएको निर्वाचनमा यमबहादुर गुरुङले प्रतिस्पर्धी देवीजङ्ग गुरुङलाई एक मतले पछि पार्दै विजयी भएका छन् । कुल दुई सय चार मत खसेकामा उनीहरूको क्रमश ९३ र ९२ मत आएको थियो ।