चैत्र ११ गते २०७९

नेपाल व्यापार तथा सम्वद्ध श्रमीक संघको दोश्रो अधिवेशन

कमल पौडेल अथक
पोखरा १०, फागुन
नेपाल व्यापार तथा सम्वद्ध श्रमीक संघको दोश्रो अधिवेशनले लालप्रसाद ढकालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेखनाथ पौडेल, महिला उपाध्यक्षमा अञ्जना गुरुङ, सचिवमा गणेशवहादुर कार्की, सहसचिवमा लक्ष्मी वास्तोला, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा खेमराज पौडेल, हरि रानाभाट र नोदराज ढकाल चयन भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी वरालको संयोजक तथा कमल पौडेल अथक र सचिव रुद्र तिमिल्सिना रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
यसअघि अधिबेशनको उद्घाटन गर्दे नेपाल ट्रेड युनियन काग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले व्यापारी साथीहरु आफ्नो हकहितको लागि युनियनमा आवद्ध हुनु सकारात्मक भएको वताए ।
नेपाली कांग्रेस पोखरा महानगरसमिति सभापति सुरेन्द्रमान विजुक्छेले व्यवसायको अलावा राजनीतिक आस्था प्रकट गर्नु व्यवसायीको सवलीकरण भएको वताए ।
संघका अध्यक्ष रामप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य जीतवहादुर गुरुङ, नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक, कास्की अध्यक्ष विजय भण्डारी, निवर्तमान अध्यक्ष कुलदेबी वराल, गृह श्रमीक संघका निवर्तमान अध्यक्ष लालीमाया रेग्मी, उपाध्यक्ष कृष्णप्रसाद धोवी र सचिव लालप्रसाद ढकाल लगायतले वोलेका थिए ।
यसैगरी महानगरसमितिमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चिन्तामणि पौडेल, महिला उपाध्यक्षमा विमला पौडेल, सचिवमा रुद्र रानाभाट, कोषाध्यक्षमा जीवन अलि रहेका छन् । सदस्यहरुमा मीनवहादुर गुरुङ, देउताकुमारी विष्ट र दीलिप गिरी चयन भएका छन् । नवनिर्वाचित समितिलाई अध्यक्ष रामप्रसाद कँडेलले सपथ खुवाएका थिए ।