पौष २१ गते २०८१
बागलुङ कालिका मन्दिर
पुष २०,बाग्लुङ
बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो ।
धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने जन विश्वास रहिआएको छ ।
पर्वतका राजा प्रतापी नारायण मल्लले वि।सं। १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहासमा पाइन्छ।

बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ ।
ीबशेषगरी चैते दशैं र बडा दशैंमा उस मन्दिरमा दर्शनार्थिको घुइंचो लाग्ने गर्दछ ।
पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ ।