जेठ ३ गते २०७९

नफेरिएका रुपा अनुहार


कास्की जिल्लाको सवै भन्दा कान्छो अर्थात सानो स्थानिय निकाय रुपा गाउपालिका यस पालि पनि एमालेले आफ्नो पुरानो बर्चश्व कामय गरेको छ । उक्त गाउपालिकाको अध्यक्षमा नवराज ओझा फेरी आएका छन । उनले ५ हजार ७ सय ४९ मत ल्याएर बिजय भएका छन भने उपाध्यक्षमा पनि एमाले कै लाल सुब्बा गुरुड. ५ हजार ३ सय ३२ मत ल्याइ बिजयी भएकी छन । उनीहरुका प्रतिद्धन्दी नेपाली कांग्रेसका अध्यक्ष उमेदवार गौमाया गुरुड.ले ४ हजार १३७ मत ल्याइन भने उपाध्यक्षमा नेपाली काग्रेसकै नारायण कुमार श्रेष्ठले ४ हजार १५३ मत ल्याई पराजय भएका छन । निर्वाचित अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लाल सुब्बा गुरुड. २०७४को निर्वाचनमा पनि बिजय भएका थिए ।
कुल जनसंख्या २२ हजार ५१७ भएको यो गाउ पालिका ७ वडा र ९४ दशमलव ८१ वर्ग किमीमा फैलिएको छ । जम्मा ८ मतदान केन्द्र रहेको यो पालिकाका कुल मतदाता १४ हजार ६१७ थिए ।