भाद्र २६ गते २०७७

अन्तमा एमसिसी पास नै हुने भो


२६भाद्र,काटमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसी संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै पार्टीको महाधिवेशन आगामी ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।