मंसिर ७ गते २०७९

तनहुँ २ मा कांग्रेसका शंकर विजयी

पोखरा,०७ मंसिर । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई हराएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए । भण्डारीले ५ हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन् । अघिल्लो पटक शंकर तनहुँ २ मै एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।

निर्वाचित भएका भण्डारीले नेपालप्रेससँग संक्षिप्त कुराकानी गर्दै तनहुँ २ मा अबको पाँच वर्ष पूर्वाधार तयार पार्न बिताउने बताए । वर्षौबाट ओझेल परेका विकासका मुद्दालाई आफूले उठाउने उनको प्रतिबद्धता छ ।