पौष २० गते २०७७

पोखरेल र गुरुङलाई प्रचण्ड–माधव समूहले प्रदेश इञ्चार्जबाट हटायो

काठमाडौं,२० पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ लाई हटाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा सोमबार बसेको स्थायी समितिको बैठकले गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई र पोखरेललाई हटाएर उनको स्थानमा युवराज ज्ञावलीलाई जिम्मेवारी दिएको हो ।

यस्तै, सहइञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई उक्त स्थानमा राखिएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ । यसअघि सचिव रहेका गोविन्द नेपाली ओली समूहतर्फ लागेपछि उनलाई हटाएर थकालीलाई जिम्मेवारी दिइएको हो ।