जेठ २ गते २०७९

काभ्रेका ३ वटा वडामा १/१ मतले जित हासिल

काठमाडौं ,२ जेठ । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक÷एक मत अन्तरले हारजित भएको छ । रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १र१ का हुन् र फरक–फरक तीन पार्टी ९नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले०का उम्मेदवार हुन् ।

काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सुशिल लामा एक मत अन्तरले विजयी भए । लामाले ४०२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४०१ मत प्राप्त गरी पराजित भएका थिए ।

त्यसैगरी खानीखोला गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ एक मत अन्तरले विजयी भएका छन् । थिङले ५४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार आसाराम गोलेले ५४७ मत प्राप्त गरी पराजित भएका छन् ।

दुई पटक मत गणना ः सुरुमा विजयी, पछि पराजित

तेमाल गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार इन्द्र अधिकारी एक मत अन्तरले विजयी भएका छन् । अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भएका हुँदा उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५३० मत प्राप्त गरी पराजित भएका छन् ।

उक्त वडामा दुई पटक मत गणना भएको थियो । पहिलो पटक मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मत अन्तरले विजयी भएका थिए ।