असाेज १ गते २०७६

प्रधानमन्त्री द्वारा संसद भवन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवनको शिलान्यास गरेका छन।सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन,अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय,संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन,संसदीय सचिवालयको भवन,चमेना गृह, प्रेसरछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछन।१ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा निर्माण हुने संसद भवन आधुनिक र प्रविधिमैत्री हुने बताइएको छ।

तीन वर्षभित्र सम्पन्न गर्नेगरी संसद भवन निर्माणको काम अगाडि बढाइएको छ।आफ्नो भवनको अभावमा एक दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ।