असाेज ८ गते २०७८

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, ०८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा जारी बैठक भोलिसम्म चल्नेछ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । यी प्रस्तावहरु छलफल गरी पारित गरिनेछ । नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।