चैत्र ७ गते २०७७
कास्की क्षेत्र नं २ मा उपचुनाव गराउन कांग्रेस नेता गगन थापाको माग
कमल पौडेल अथक
पोखरा ६, चैत्र
कांग्रेस नेता गगनकुमार थापाले कास्की क्षेत्र नं २ मा उपचुनाव गराउन माग गरेका छन् । नेल्टा गण्डकीको दोश्रो अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सो माग गरेका हुन् ।
उनले विगतमा नेकपा भनिएको पार्टी अदालतले खारेज गरेको र सोही पार्टीवाट चुनाव लडेकी विद्या भट्टराईको पद पनि स्वतः खारेज गरिनु पर्ने उनले वताए ।
नेकपा भन्ने राजनीतिक दल मरिसक्यो तर त्यसका मलामी कोही भएनन् उनले भने । नेकपा भन्ने दल मरेर पुरानै अवस्थामा गएपछि नेकपाको नाममा भएको मतदान परिणाम पनि वदर योग्य रहेको उनले वताए ।
अब नेकपा मरेको अवस्था र साविकको एमाले र माओवादी केन्द्र व्यूँतिएको अवस्थामा अव कांग्रेसले सत्ताको नेतृत्व गर्ने वेला आएको उनले वताए । उनले कामचलाउ प्रधानमन्त्री ओलीलाई देशमा भौतिक पूर्वाधारको चिन्ता भएपनि त्यसको उपभोग गर्ने नागरिकको वारेमा चिन्ता नभएको वताए ।
नेपालमा कम्युनिष्टहरु स्खलित भएको वताउँदै उनले अव कांग्रेसले नै सत्ताको नेतृत्व गरेमा मात्रै देश अग्रगमन तर्फ जाने वताए । कार्यक्रममा उनले आफूले वाख्रा पालन व्यवसाय गर्नुपर्छ भनेर युवाहरुलाई प्रोत्साहन गर्दा सरकारका मान्छेहरुले खिसी टिउरी गरेको स्पष्टिकरण दिए ।