असार २ गते २०७९

हेम्जामा असार १५ मा हिले महोत्सव हुने


हेमजा । पोखरा– २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा आगामी असार १५ गते दोस्रो हेमजा हिले महोत्सव २०७९ हुने भएको छ ।
“कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ ।

महोत्सवको आकर्षणमा पुरुष,महिला रस्साकस्सी, ४० बर्ष माथि पुरुष हिले दौड, खुल्ला पुरुष हिले दौड, ३० बर्ष माथि महिला हिले दौड ,खुल्ला महिला हिले दौड, पुरुष रस्सी तान्ने घैटो फुटाउने ,धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, गोरु दौड,चम्चा दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक हरिश्चरण पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
महोत्सवमा असारे गितससँग सम्बन्धित प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएको छ ।