भाद्र ३ गते २०८२

बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान

३ भाद्र, पोखरा
पोखरा फोटोग्राफर संघ ले बिभिन्न कार्यक्रम गरि बिश्व फोटोग्राफी दिवस मनाएको छ । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पोखराको मानवअधिकार चोक देखी सुरुभई चिप्लेढुंगा हुंदै पोखरा वडा नं ४ टुंडाको पाटनमा रहेको संघको कार्यालयमा पुगी सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य धन सुब्बा रहेका थिए । सुब्बाले तत्कालिन समयको सम्झना गर्दै पोखरा क्षेत्रमा जम्मा १५ ,२० वटा स्टुडियो रहेका थिए र तिनै स्टुडियोहरुका फोटोग्राफरहरु जम्मा भई २०३९ सालमा पोखरा फोटोग्राफर संघ स्थापना भएको कुरा बताए । संस्थाले अहिले सम्म आइपुग्दा निकै नै फड्को मारेको र प्रगति गरेको देख्दा आफु निकैनै हर्षित भएको कुरा बताए ।
बिशेष अतिथि कैलाश वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विनोद ढकालले पोखरा फोटोग्राफर संघ र कैलाश सहकारी नङ र मासु भएको बताए । बिशेष अतिथि फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले संस्थालाई देशैभरीको एक नम्वर संस्था बनाउनमा खेलेको भुमिका को प्रशंशा गरे ।
कार्यक्रममा संस्थाका संरक्षक गणेश छवि, पूर्व अध्यक्षहरु बलराम शर्मा,रविनाथ दाहाल नारायण बाटाजु, नेपाल फाटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल महिला उप समिति पूर्व संयोजक इन्दिरा शर्मा र तिर्थ श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नन्दकला पौडेल ले गरेकी थिइन भने कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मीपति पौडेल ले गरेका थिए ।