असाेज २ गते २०७८
लमजुङको कुन्छा स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सुरु
लमजुङ, २ असोज ।
लमजुङको सुन्दरबजार नगरपालिका–१ को कुन्छा स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । स्वास्थ्यचौकीमा बिहीबारबाट सुरक्षित गर्भपतन सेवा सुरु भएको सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
चेतनाको अभावमा विभिन्न शारीरिक समस्या भोग्न बाध्य स्थानीयलाई अब सहज हुनेछ । महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको हो । स्थानीयले स्वास्थ्यकर्मीको सल्लाहमा सुरक्षित गर्भपतन सेवा पाउने छन् । सुन्दरबजार स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार १० सातासम्मको गर्भ गर्भपतन गर्न मिल्ने गरी सेवा सञ्चालन भएको हो ।
औषधिको माध्यमबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य चौकीमा पीएसआई नेपालले औषधिलगायतको स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरपालिकामा यसअघि सुन्दरबजार अस्पताल र चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको छ । अब तीन स्वास्थ्य संस्थामा सेवा सञ्चालन हुने छ ।