फोटोग्राफर संघ गण्डकीकोे भित्ते पात्रो लोर्कापण तथा शुभकामना आदानप्रदान कार्यक्रम (फोटो फिचर)
बैशाख १५,पोखरा
गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्थाको रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले संस्थाको २०८२ सालको भित्ते पात्रो लोर्कापण सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो ।
नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका निर्वतमान अध्यक्ष दुर्गा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै कार्यक्रममा फोटोग्राफरहरु द्धारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई शुभकामना सहित बधाई तथा सम्मान पत्रले सम्मान समेत गरिएको थियो । साथै भर्खर मात्र चयन भएका फोटोग्राफर संघ गण्डकीका मुस्ताड।जिल्ला संयोजक शुशिल बाबु थकाली लाई स्वागत गरेको थियो ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकी मुस्ताड। जिल्ला संयोजक शुशिल बाबु थकाली, नवलपुर जिल्ला संयोजक कुशल अधिकारी,पर्वत जिल्ला संयोजक बिजय शर्मा जैशी , कास्की जिल्ला संयोजक भक्त बहादुर तामाड।,चितवन एडभान्स प्रिन्टीड।सोलुसनकी अध्यक्ष अनिशा शाक्य , नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रिय सदस्य रविनाथ दाहाल, चितवन फोटोग्राफी संघका अध्यक्ष तथा के। सदस्य ध्रुर्व सापकोटा तथा कैलाश सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी लगायतले आआफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका महासचिव प्रेम प्रुसाद पराजुलीले संचालन गरेका थिए भने संस्थाका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीले उपस्थित सवैलाई संस्थाको तर्फबाट स्वागत सहित नव बर्ष २०८२ सालको शुभकामना अपर्ण गरेका थिए त्यसैगरि भित्तेपात्रो प्रकाशन तथा छपाई संयोजक संस्थाका कोषाध्यक्ष रामचन्द्र पोखरेलले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने उपस्थित तथा सहयोगदाता सम्पुर्णमा धन्यवाद ज्ञापन संस्थाका प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठले गरेका थिए ।
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै चलचित्र...
Read More
पोखराः अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० पोखराका प्रमुख डा। रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण...
Read More
कमल पौडेल अथक पोखरा १७,पुस राजनीतिलाई कृषिमा जोड्न एक कार्यक्रमका वक्ताले माग गरेका छन् । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल किसान महासंघ गण्डकी प्रदेशद्धारा मंगलवार...
Read More