पोखरामा इस्लाम धर्मावलम्विहरुले बकर इद पर्व मनाए(फोटो फिचर)
३ असार ,पोखरा
आज असार ३ गते बकर ईद उल अजहा नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाएका छन । पोखराको मिया पाटनमा पनि यहाँका मुस्लिम समुदायहरुले धुमधामका साथ बकर ईद मनाए । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी वली दिने परम्परा छ । वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको बताईन्छ । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर को लागि हो भन्ने भावना जागृत गराउनु हो ।
पोखरा आसपासमा रहेका मस्जिदहरुमा इस्लाम धर्मावलम्विहरुको निकै भिड लागेको थियो । बिशेष गरी पोखराको मियापाटन स्थित मस्जिदमा कैद गरिएका केही झलकहरु रहेका छन्।
पोखरा २९ बैशाख नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको...
Read More
समय दृष्टि काठमाडौं, भदौ २६ झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ। आज बिहान...
Read More
पोखरा, ०५ जेठ । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी...
Read More
कास्कीको अन्नपूर्ण गाउपालिकामा सूचिकृत मेलमिलापकर्ताको लागि २ दिने पूर्नताजगी तालिम शूरु भएको छ । बुधवार शुरु भएको सो तालिम कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसीले उदघाटन गर्नुभएको थियो ।...
Read More