पोखरामा इस्लाम धर्मावलम्विहरुले बकर इद पर्व मनाए(फोटो फिचर)
३ असार ,पोखरा
आज असार ३ गते बकर ईद उल अजहा नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाएका छन । पोखराको मिया पाटनमा पनि यहाँका मुस्लिम समुदायहरुले धुमधामका साथ बकर ईद मनाए । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी वली दिने परम्परा छ । वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको बताईन्छ । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर को लागि हो भन्ने भावना जागृत गराउनु हो ।
पोखरा आसपासमा रहेका मस्जिदहरुमा इस्लाम धर्मावलम्विहरुको निकै भिड लागेको थियो । बिशेष गरी पोखराको मियापाटन स्थित मस्जिदमा कैद गरिएका केही झलकहरु रहेका छन्।
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती...
Read More
पोखरा, १९ असार । जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस...
Read More
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘हाम्रो देश अनेक धर्म, अनेक...
Read More
पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत...
Read More