फागुन २३ गते २०८२

कास्की ३ मा गुरुङ विजयी

पोखरा । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कि उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्।

गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार बिनाले ३७ हजार ७५० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरेका छन् ।

रास्वपाबाट गण्डकीमा उनी प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार हुन् । उनले झण्डै २५ हजार फराकिलो मतान्तरले चुनाव जित्न सफल भएकी छन्।

कास्की ३ मा २०७४ र ०७९ को चुनाव एमाले जितेको क्षेत्र हो । ०७९ को चुनाव जितेको नेकपा एमाले अहिले तेस्रो स्थानमा छ । एमालेका दामोदर पौडेल बैरागीले ७ हजार ९०६ मत ल्याएका छन् । नेकपाका गोपाल गिरीले १ हजार ४५६ मत ल्याएका छन् । अन्तिम मतपरिणाममा राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत पाए।

कास्की ३ मा कुल १५ जना उम्मेदवार थिए । कुल ६५ हजार ४०७ मत खसेको थियो ।