भाद्र २३ गते २०८३
फोटोग्राफर संघ गण्डकीको ८औं स्थापना दिवसमा द्विप प्रज्वलन र बाढीपीडितलाई सहयोग
२२ भाद्र पोखरा,
फोटोग्राफर संघ गण्डकीले आफ्नो ८औं स्थापना दिवस विशेष र सामाजिक रूपमा मनाएको छ। संघले संस्थाको स्थापना दिवसको अवसर पारेर रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै द्विप प्रज्वलन गरेको छ।
पोखरामा आयोजित एक कार्यक्रममा संघका सदस्यहरू र पदाधिकारीहरूले सामूहिक रूपमा दिप प्रज्वलन गरी बाढीमा ज्यान गुमाउने मृत आत्माको बैकुण्ठ बासको कामना गरे। साथै, उनीहरूले बाढीबाट प्रभावित भएका सम्पूर्ण नागरिकहरूको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन्।
सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै, संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग जम्मा गरेको छ। संघका सदस्यहरूद्वारा सङ्कलन गरिएको कुल रु १५,००० पन्ध्र हजार रकम कोषमा जम्मा गरिएको छ। यो सानो सहयोगले बाढीपीडितहरूको पुनर्स्थापना र राहतमा केही सहयोग पुग्ने विश्वास संघले लिएको छ। फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसी को अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाको उद्धेश्य माथी प्रकाश पारे कार्यक्रम संस्थाका सचिव नारायण गौतमले संचालन गरेका थिए । #GPA