जेठ १५ गते २०७९

खराव मौसमका कारण जहाज खोज्न मा ढिलाई

१५ जेठ ,पोखरा

पोखरा देखी जोमसोमका लागी उडेको तारा एयरको जहाज सम्पर्क बिहिन भएको छ । खराव मौसमका कारण सम्भावित दुर्घटना स्थल तर्फ जान
उद्धार टोली जान सकिरहेको छैन। खराब मौसमका कारण विमान कहाँ दुर्घटना भएको भन्ने एकिन हुन र त्यो स्थानमा कोहि पुग्न सकेको छैन ,सुरक्षाकर्मी हरु पैदल यात्रा गरेर सम्भावित ठाउँमा प्रस्थान गरेका छन् ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेका छन


चालक दलका सदस्यहरु
१।क्याप्टेन प्रभाकर घिमिरे
२। उत्सव पोखरेल
३। एयर होस्टेज क्रिष्टी थापा


यात्रुहरु
१। बान्देकर वैसवी
२।इन्द्रबहादुर गोले
३।पुरुषोत्तम गोले
४।राजनकुमार गोले
५।मेइक ग्रीटग्राफ
६।बसन्त लामा
७।गणेश नारायण श्रेष्ठ
८।रवीना श्रेष्ठ
९।रश्मी श्रेष्ठ
१०।रोजिना श्रेष्ठ
११।प्रकाश सुनुवार
१२।मकरबहादुर तामाङ
१३।राममाया तामाङ
१४।सुकुमाया तामाङ
१५।तुलसादेवी तामाङ
१६।अशोककुमार त्रिपाठी
१७।धनुश त्रिपाठी
१८।ऋतिका त्रिपाठी
१९।वी विलनर