माघ १० गते २०७७

एमबिबिएस शुल्क आठ लाख बढाउन आयोगको सिफारिस

काठमाडौं, १० माघ ।
चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शनिबार शैक्षिक सत्र २०७७र०७८ मा एमबिबिएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो।

आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको छ। शनिबार आयोगको पाँचौं बैठकमा सिफारिस समितिले शुल्क बढाउन प्रस्ताव राखेको शिक्षा मन्त्रालयले जनायो।