माघ १० गते २०७९

नालासहित पक्की ढलान

पोखरा, १० माघ ।

पोखराको नयाँवजारबाट माछापुच्छ्रे बैंक ट्राफिक कार्यलय हुँदै सहारा टोल जाने सडक नालासहित पक्की ढलान गरिने भएको छ । पोखरा महानगरपालकिा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीसहितको टोलीले सोमबार सडकको शिलान्यास गरेको हो। वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विगत २० वर्षदेखि निर्माण भएको सडक अहिले ढलान गर्न लागिएको भन्दै अत्याधुनिक प्रविधियुक्त सडकहरुमध्ये पहिलो सडक बन्ने बताउनुभयो ।

कुल ७० लाख लागतमा बन्ने सडक आधुनिक र ट्राफिक सुचना सहितको बनाईने भएकाले सडकलाई ट्राफिक मार्ग नामाकरण समेत गरिएको छ । दुई महिना भित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको सडक निर्माणको जिम्मा बाटो निर्माण उपभोक्ता समितिलाई दिइएको छ । वडाध्यक्ष मर्सानीले संचारकर्मीहरुसँग कुरा गर्दै सधै आफुहरुले निगरानी गरिराख्न सम्भव नरहेको भन्दै संचारकर्मीहरुले समेत समयसमयमा कामको निरिक्षण गरिदिन आग्रह गर्नुभयो ।