मंसिर १४ गते २०७९

आहा ! रारा गोल्डकपको नाम फेरीयो

काठमाडौं, १३ मंसिर । आहा ! रारा गोल्डकप २२ औँ संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । वि।सं। २०५८ मा क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट सुरू भएको गोल्डकप अर्को वर्ष २०५९ सालबाट ‘आहा गोल्डकप’ को नाममा सुरू भएको थियो । समग्रमा २२ औँ संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै ‘पोखरा’ थपिएको हो । २०६९ सालमा ११ औँ संस्करणमा आहा पछि ‘रारा’ थपिएको थियो ।

सहारा क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ भएको छ । क्लबका अध्यक्ष हरिराम गुरुङ ९सुरज०ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् हबको रुपमा परिचित गराउने उद्देश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे ।

हिमश्री फुड्स प्रालिले १० वर्ष मुख्य प्रायोजकमा निरन्तरता दिएको छ । दुवै पक्षबीच आपसी सम्झौता गरेका छन् । उक्त क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा १ रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि आपसी सम्झौता गरेको हो ।

आज ९मंगलबार० पोखरामा आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ ९सुरज०ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो ।

उक्त सम्झौताअनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख, दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र २०८८ सालमा २७ लाख रकम सहयोग गर्नेछ भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ ।