भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ जि आर लाई १/५ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनल को टिकट पक्का गरेको छ।
यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पू हरुले जोस र उमंगका साथ हिस्सा लिएका थिए । यस प्रतियोगिताको फाईनल खेल १६ मार्च दिउसो २:०० बजे १/५ जि आर Vs २/४ जि आर को बिचमा कडा टक्करको साथ भिडन्त हुने जानाकारी सुबेदार मेजर अनरी कप्तान ठाकुर प्रसाद पौडेल, विशिष्ट सेवा मेडल, एडम सुपरभाईजर पीपीओ पोखराले गराउनुभएको छ ।
काठमाडौं,५ चैत । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो...
Read More
असोज २३ गते ।हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहिलाइ कार्यलय परिसरमा स्वागत गरेको छ । १३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन...
Read More
काठमाडौं,२३ पुस । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ...
Read More
पोखरा, २५ पुस । जिल्ला प्रहरी कार्यलय कास्कीले हत्या गरि फरार रहेका प्रतिवादीलाई २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमेश गिरी रहेका छन् ।गिरी लगायत अन्य ७...
Read More